असार ३० गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. असार ३०, २०८० । ई.सं. १५ जुलाई २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ । तछलागा पिङ्गल उत्तरायण ग्रीष्म । शनिबार श्रावण कृष्णपक्ष । तिथि त्रयोदशी २०:३३ बजेसम्म, त्यसपछी चतुर्दशी । नक्षत्र मृगशिरा ०१:१२ बजेसम्म, त्यसपछी आर्द्रा । योग वृद्धि १०:२१ बजेसम्म, त्यसपछी ध्रुव । करण गर ०८:१७ बजेसम्म, त्यसपछी वणिज २०:३३ बजेसम्म, त्यसपछी भद्रा । चन्द्रराशि वृष । आनन्दादि योग ध्वज । दिनमान १३:४१ । सूर्योदय ५:१९ । सूर्यास्त १९:०० । भद्रा २०:३३ देखि । शनिप्रदोषव्रत, घण्टाकर्णचतुर्दशी (गठेम·ल), गठामुगचःह्रेपूजा । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा । सूर्य २|२७|३७|२८ । चन्द्र १|२६|९|५४ । मंगल ४|७|३९|६ । बुध ३|१३|२८|३० । बृहस्पति ०|१८|३५|२३ । शुक्र ३|२९|७|५४ । शनि १०|९|२५|२९ । राहु ०|४|५९|९ । क्रान्ति उ २१|३७ । वेलान्तर (+)५:२७ ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै कुराले मनमा शान्ति छाउनेछ । लाभदायक र खुसीपूर्ण यात्रा हुनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सानासाना कुरामा शंका र चिन्ता बढ्ने देखिन्छ । आफ्नै व्यक्तिहरूसँग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यको योजना बन्ने र धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ, तर पारिवारिक सुखका लागि धन खर्च हुनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । लत्ता कपडामा आकर्षण बढ्नेछ । चिन्ता हटेर मन हलुका हुनेछ । मनोरञ्जनमा सहभागी पनि भइएला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज गरेको कामबाट अपेक्षाकृत सफलता हात पर्नसक्छ । आफन्त एवं इष्टमित्रसँग भेटघाट होला । शेयर बजारमा आकर्षण र लाभको अवसर आउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य हुनेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो स्वास्थ्य राम्रो रहनेछ भने खुसीका निम्ति केही खर्च हुनसक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज चलाखीपूर्ण बोलीले काम बन्ने र आर्थिक लाभ हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । यात्रामा मालसामान पनि हराउन सक्छ, तर अन्तिम समयमा काम बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्या सुल्झाउन सकिनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । -हाम्रो/नेपाली पात्रोबाट








