फार्मेसी अधिकृतको आत्महत्या दुरुत्साहनमा मनमोहनका प्रशासन अधिकृतसहित चार जना पक्राउ

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेलको आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

शुक्रबार कार्यालयमै मृत फेला परेपछि पोखरेलकी पत्नी मनिका कोइरालाले चार जनाविरुद्ध आत्माहत्या दुरुत्साहनमा किटानी जाहेरी दिएकी छन्।

सोही जाहेरीका आधारमा महाराजगन्ज बृत्तले मनमोहनका प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इन्चार्ज जुना स्थापित, फार्मेसी सहायक विष्णु पौडेल र फार्मेसी सहायक कृष्ण पौडेललाई पक्राउ गरेको हो।

उनीहरुलाई महाराजगन्ज बृत्तको हिरासतमा राखिएको छ।

पोखरेलको सुसाइड नोटमा आत्माहत्या गर्न बाध्य पारेको उल्लेख छ। फार्मेसीमा आर्थिक अनियमितता भएको भन्दै उनीमाथी प्रशासनले छानविन गरिरहेको थियो। तर आफूलाई फसाएर अरु उम्कन खोजेको नोटमा उल्लेख भेटिएको छ।

आफन्त र कर्मचारीले शव मानेका छैनन् भने निस्पक्ष छानविन गरी दुरुत्साहनको कसुरमा कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seven =