ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार सचेत छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सरकार सचेत रहेको बताएका छन् ।
शुक्रबारर राष्ट्रिय सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकको दफावार छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा सरकार सचेत रहेको बताएका हुन् । ऋण लिएर कहाँ खर्च गर्ने र प्रतिफल कसरी सुनिश्चित गर्ने भन्नेमा सरकार गम्भीर रहेको उनको भनाई छ ।
उनले आवश्यकताको आधारमा ऋण लिनुपर्ने बताए । उत्पादन वृद्धि र पुँजी निर्माणमा सघाउने गरी ऋण लिनुपर्नेमा उनले जोड दिए ।
उनले भने ‘हामीले जुन ऋण उठाइराखेका छौँ । त्यो हाम्रो आवश्यकता अनुसार उठाउनुपर्छ । हाम्रो आवश्यकता के छ ? कुन क्षेत्रमा सबभन्दा ज्यादा प्रभाव पर्छ ? यसले उत्पादन वृद्धि, पुँजी निर्माणमा कति सघाउँछ ? भनेर नै हामीले ऋण लिनुपर्छ । हामीले सोच्नुपर्ने चाहिँ के हो भने कति ऋण लियौँ भन्ने भन्दापनि त्यो ऋण कहाँ खर्च ग¥यौँ ? कसरी खर्च ग¥यौँ ? त्यो महत्वपूर्ण कुरो हो । त्यसमा हामी गम्भीर हुनैपर्छ । र कतिपय अवस्थामा पछिल्लो समयमा पनि हामीले लिएको ऋण उपयुक्त ठाउँमा खर्च भएन । हाम्रो चासो र चिन्ता हुनुपर्ने त्यो विषय हो भन्ने मलाई लाग्छ । त्यसकारण अहिले हामीले ऋण लिने कुरा गर्दा खेरी विदेशी दाता होस्, या आन्तरिक बैङ्कहरूबाट राष्ट्र ऋण उठाउने कुरा होस् । यसलाई प्राथमिकताका साथ हामीले उठाएका छौँ । किन लिने र कहाँ खर्च गर्ने ? त्यसको प्रतिफल कसरी सुनिश्चित गर्ने ? त्यसमा हामी गम्भीर हुनुपर्छ । हामीले उत्पादन बढाउने हिसाबले ऋण लिनुपर्याे भन्ने कुरालाई सरकारले गम्भीरतापूर्वक लिएको छ । उत्पादनशील क्षेत्रमै लगानी गर्नुपर्छ ।’
राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको छ । राष्ट्रिय सभाको अर्को बैठक २०८० साउन १ गते सोमवार दिनको १ः०१ बजे बस्ने गरी बोलाइएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 9 =