इक्यानको आगामी नेतृत्वका लागि पाण्डे प्यानलको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी नेतृत्वका लागि विष्णुहरि पाण्डे नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको छ । इक्यानको ३० असारमा हुने चुनावका लागि रोयल एजुकेशन फाउन्डेशनका अध्यक्षसमेत रहेका पाण्डे प्यानलले भिजन २०२५ कार्ययोजनासहित घोषणापत्र पनि सार्वजनिक गरेको छ ।

पूर्वअध्यक्षसमेत रहेका पाण्डे प्यानलबाट उपाध्यक्षमा लक्ष्मण पौडेल, भुवनबहादुर क्षेत्री र प्रकाश श्रेष्ठ चुनाजी मैदानमा छन् । महासचिवमा वासुदेव दाहाललाई अघि सारिएको छ भने सचिवमा फिलिपकुमार डाँगी क्षेत्री र शिवप्रसाद त्रिपाठीको उम्मेदवारी रहने भएको छ । कोषाध्यक्षमा विनोदकुमार सुवेदी र सहकोषाध्यक्षमा हेमराज सिग्देल यो समूहबाट चुनावी मैदानमा छन् ।

पाण्डे प्यानलबाट सदस्यका लागि आशिष रायमाझी, सुरज सिलवाल, मञ्जित ढकाल, सतिन्द्र झा, शशीप्रसाद भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल, शान्तकुमार शर्मा, श्रीराम गिरीले पाण्डे उम्चार सय ६७ मतदाता रहेको संघको चुनावका लागि दुई प्यानलसहित चार जना अध्यक्षका आकाङ्क्षी छन् ।

सदस्यका उम्मेदवार आशिष रायमाझीले आफूहरूको प्यानलले इक्यानको स्तरोन्नति, पेशागत मर्यादा, व्यावसायिक प्रवर्द्धनमा काम गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =