इक्यान कोषाध्यक्षका उम्मेदवार आशिक कार्कीका यस्ता छन् चुनावी एजेन्डा

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को ३० असारमा हुन लागेको निर्वाचनमा कोषाध्यषको उम्मेवार बनेका आशिक कार्कीले इक्यान र देशको समग्र शैक्षिक परामर्श क्षेत्रको सुधारका लागि आफ्नो भूमिका महत्वपूर्ण हुने बताएका छन् । हाल इक्यान कार्यसमिति सदस्य रहेका वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका सञ्चालक कार्की सदस्य भएरै पनि आफूले इक्यानका लागि गरेको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे ।

‘कोभिड पश्चात् इक्यानियन मित्रहरूलाई आवश्यक पर्दा ज्योति विकास बैंकबाट विनाधितो १५ लाखसम्मको कर्जा उपलब्ध गराउन सहजीकरण र विशेष भूमिका निर्वाह गरेको अनुभव मलाई छ,’ उनले भने, ‘त्यस्तै, सिद्धार्थबैंकबाट १ लाखसम्मको क्रेडिट कार्ड उपलब्ध गराउन भूमिका निर्वाह गरेको थिएँ ।’

इक्यानलाई आवश्यक पर्दा विभिन्न अर्गनाइजेसनसँग समन्वय गरेर स्पोनसरहरू ल्याउने र स्रोत साधन विकास गर्न भूमिका निर्वाह गरेको पनि उनले बताए । यसबाहेक इक्यानलाई प्रविधिमैत्री बनाउन र इक्यान आवद्धहरुर्ला कोर्स म्यानेज गरेर पनि ठुलो सहयोग गरेको उनले बताए । वर्तमान कार्यकालमा इक्यानियनहरूको हित र निष्पक्ष हुने गरी काम गरेको उनले स्मरण गरे ।

उनले इक्यान कोषको केही प्रतिशत रकम साथीहरुको उन्नतिका लागी छुट्याएर काम गर्नु आवश्यक रहेको बताए । आगामी कार्यकालका लागि आफू कोषाध्यक्ष निर्वाचित भएर यो काम गर्ने उनको उद्देश्य रहेको बताएका छन् ।

उनले इक्यान कोषको निश्चित प्रतिशत रकम तालिम तथा विकासका लागि लगानी गरिने र पारदर्शीता कायम गर्ने बताए ।

कार्कीले इक्यानको कोषलाई वृद्धि गर्नका लागी नयाँ स्रोत र साधनको खोज गरी कोषलाई अझ मजबुत बनाउन विशेष भूमिका खेल्ने बताए ।

साथै, कार्कीले गौरवमुखी संस्था इक्यानको तर्फबाट आफूले अभिभावक तथा विद्यार्थीहरूका लागी आइपर्ने समस्या हरूमा डटेर समाधानको पहल गर्ने योजना रहेको समेत बताए ।

यस्ता छन् कार्कीले आफ्नो कार्यकालमा गरेका कार्यहरू र भावी योजनाहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =