सीतालाई श्रद्धाञ्जली दिन शीर्ष नेताहरू नर्भिक पुगे (तस्बिरहरू)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन शीर्ष नेताहरू नर्भिक अस्पताल पुगेका छन् । बुधबार बिहान ८ः३३ मा उपचारका क्रममा सीताको निधन भएको हो ।

निधनपछि प्रधानमन्त्री प्रचण्डको परिवार अस्पताल पुगेको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादव, स्वास्थ्यमन्त्री मोहन बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा, श्रममन्त्री शरतसिंह भण्डारी अस्पताल परिसरमा छन् ।

यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा, नेपाल समाजवादी केन्द्रका अध्यक्ष माधव नेपाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नेताहरू अस्पताल पुगेका हुन् ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ पनि नर्भिक पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =