मिटरब्याजबिरुद्ध संघर्ष समितिद्वारा संसद भवनअघि प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । मिटरब्याज बिरूद्धको कानून पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
आइतबार काठमाडौँको माइतिघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मिटरब्याज पीडितहरुले प्रदर्शन गरेका हुन् । मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहीतासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भएको छ । संविधान अनुसार अध्यादेश जारी भएको ६० दिनभित्र संसदबाट पारित नभए निष्क्रिय हुन्छ । कानून निष्क्रिय भएसँगै मिटरब्याज पीडितहरुले कानून पारित हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् । मिटरब्याज पीडित रेखा साहले तीनवटा पार्टीहरु मिलेर मिटरब्याज बिरुद्धको कानून पारित हुन नदिएको आरोप लगाए । उनले संसदबाट मिटरब्याज बिरुद्धको कानून पारित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिनुभयो । उहाँले मिटरब्याज पीडितले न्याय नपाएसम्म सडक आन्दोलन गरिरहने बताउनु भयो। उनले नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपाल गरी तीन पार्टी मिलेर कानून पास हुन नदिएको आरोप लगाए । पीडितहरुले सरकारले माग सम्बोधन गर्न छानबिन आयोग बनाएर पनि कारबाही गर्न बनेको कानून निष्क्रिय भएसँगै मिटिर ब्याजीहरु चलमलाएको बताए । उनीहरुले मिटरब्याजीहरु घरघरमा गएर गाली बेइज्जती गर्न थालेको बताए । पीडितहरुले सरकारले दिएको ललिपपले मान्ने अवस्था नरहेको बताए ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *