कारको झ्यालबाट आधा शरीर बाहिर निकालेर जेनजी माननीयको ‘मस्ती’(भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सृष्टी भट्टराईको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडिओमा उनी गुडिरहेको कारको झ्यालबाट आधाभन्दा बढी शरीर बाहिर निकालेर यात्रा गरिरहेको देखिन्छ ।

राजमार्गमा यसरी सवारी साधनको झ्यालबाट शरीर बाहिर निकाल्नु सडक सुरक्षाको दृष्टिले जोखिमपूर्ण मानिन्छ । त्यसैले उक्त भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको व्यवहारप्रति आलोचना भइरहेको छ ।

भिडिओमा सृष्टी भट्टराई कारको अगाडिको सिटमा बसेर शरीर बाहिर निकाल्दै रमाइलो मुडमा देखिन्छिन् । ब्याकग्राउन्डमा संगीत राखिएको उक्त भिडिओमा उनले बबल फुलाउँदै यात्रा गरेको पनि देखिन्छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्तो व्यवहारलाई गैरजिम्मेवार भन्दै आलोचना गरेका छन् । केहीले भने जनप्रतिनिधिको हैसियतले सडक सुरक्षाप्रति सचेत हुनुपर्ने टिप्पणी गरेका छन् ।

यस्तै, पछिल्ला दिनमा यस्तै प्रकृतिका गतिविधिका कारण ट्राफिक सुरक्षाबारे बहस चुलिएको छ । यसअघि पनि सार्वजनिक पदमा रहेका केही व्यक्तिको सवारी नियम उल्लंघनसम्बन्धी भिडियोहरू सामाजिक सञ्जालमा चर्चामा आएका थिए ।

उक्त भिडिओ सृष्टी भट्टराई सांसद हुनुअघि नै इन्स्टाग्राममा पोस्ट गरिएको बताइएको छ । उनी प्रतिनिधि सभा निर्वाचनको समय रास्वपाको समानुपातिक बन्दसूचीमा रहेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =