गायक रविन तामाङलाई अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)

काठमाडौँ । गायक तथा कलाकार रविन तामाङलाई परिवार, आफन्त, इष्टमित्र र शुभचिन्तकले अन्तिम श्रद्धाञ्जली दिएका छन् । अन्तिम संस्कारको लागि लाग्नुअघि सङ्गीत तथा नाट्य एकेडेमीको प्राङ्गण नक्सालमा राखिएको उनको पार्थिवमा श्रद्धाञ्जली अर्पण गरिएको हो ।

उनको अहिले केहीबेरमा बिजेश्वरीस्थित शोभा भगवतीमा अन्त्येष्टि गरिँदै छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गायक तामाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।

अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापा तथा कलाकारहरूको उपस्थिति रहेको थियो । गायक तामाङको गत मंगलबार निधन भएको थियो । उनी बुढानीलकण्ठस्थित निवासमा मृत फेला परेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *