बर्दियामा आँखैअगाडि बाघ (तस्बिरहरू)

बर्दिया । गर्मीको समयमा वन्यजन्तुहरूको छहारी र जलस्रोत नजिक अलि बढी चहलपहल देख्न सकिन्छ । त्यसैले अहिले बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल पनि बढेको छ ।

वन्यजन्तु भरिमा बाघ हेर्ने को भिड बढी देखिन्छ । सबैको मनमा आज चाहिँ बाघ देख्नु पर्छ है मात्र हुन्छ । बर्दियामा बाघको साथै एक सिङ्गे गैँडा, जङ्गली हात्ती , चित्तल, मृग, बाह्रसिङ्गे सबै खालका जनावर अवलोकन गर्न पाइन्छ ।

जङ्गल गाइड तथा वाइल्डलाइफ फोटोग्राफर दीपक राजवंशी बर्दियाको नामसँगै आजभोलि बाघ जोडिने बताउँछन् । अहिले गर्मीको मौसम भएकोले पोखरी र खोला नजिक अलि बढी देखिन्छन् ।

घुम्न आएका पर्यटकहरू बाघ नै हेर्नका लागि ५ देखि ८ घण्टा कुर्ने गर्छन् । जङ्गलको राजा भनेर चिनिने बाघ हेर्ने मन सबैको हुन्छ तर बाघ झ्याप्प कसैको नजरमा पर्न ग्राहै हुन्छ ।

  • स्कन्द गौतम/नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *