अभिभावकविहीन बनेका दुई नाबालकलाई मुख्यमन्त्री कार्कीद्वारा १० हजार सहयोग

विराटनगर । अभिभावकविहीन बनेर खाद्यन्न अभाव झेलिरहेका सुर्खेत बराहताल– ५ का दुई नाबालक कल्पना विक र उनका भाइ निखिल विकलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक सहयोग गरेका छन् । मुख्यमन्त्री कार्कीले बिहीबार उनीहरुलार्य सहयोग स्वरुप १० हजार रुपैयाँ पठाएका हुन् ।

उकेरा अनलाइनमा मङ्गलबार ‘घरमा चामाल सकिएपछि कारागारमा आमाबाबुसँग माग्न पुगेका दिदीभाइ’ शीर्षकको समाचार प्रकाशित भएपछि मुख्यमन्त्री कार्कीले दुई बालबालिको बारेमा चासो राखेका थिए ।

बिहीबार मुख्यमन्त्री कार्कीले उकेरा डटकमका स्थानीय समाचारदाता जगतदल जनाला विकको प्रभु बैंकको खाता नं ३४४७०६०१७५७०००१८ मा उक्त रकम पठाएका हुन् ।

उक्त अनलाइन समाचारका अनुसार पीडित बालबालिका बुबा कवि विक र आमा मनिषा विक चार लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा मानव बेचबिखनको आरोपमा सुर्खेत जिल्ला कारागारमा बन्दी जीवन वितारइरहेकी छन् ।

पीडित बालबालिकाको न्यायका लागि आफ्नोतर्फबाट थप सहयोगका साथै उनीहरुको बुबाआमाका लागि आवश्यक पर्ने धरौटी रकम जुटाउन आवश्यक पहल गर्ने पनि मुख्मन्त्री कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *