कौसीमा युवाको कथा (तस्बिरहरू)

काठमाडौँको टेकुस्थित कथा घेराको कौसी थिएटरमा यतिबेला नाटक ‘लेट्स अभिनय गरौँ’ को नियमित मञ्चन भइरहेको छ । नेपाली युवाहरूको कथा भन्ने नाटक ‘लेट्स अभिनय गरौँलाई सुदाम सिकेले निर्देशन गरेका हुन् ।

नाटक एक हुल युवा युवतीहरू आफ्नो जीवनको फ्रस्टेसन, नाच र सङ्गीत मार्फत दर्शकको मन जितिरहेका छन् । नाटक सुरु हुन्छ एक हुल युवाको देशमा के गर्ने भन्ने योजनाबाट ।

उनीहरूको पीडा फ्रस्टेसन र बेरोजगारीसँग जोडिन्छ । सबैको आफ्नो आफ्नो सोच, आफ्नो आफ्नो बाटो हुन्छ तर कोही कतै सफल भएको देखिँदैन ।

नाटक नाच र सङ्गीतले अझ सुनमा सुगन्ध दिएको छ । बिहान उठेर नित्य कर्म गरेर सबै आफ्नो आफ्नो गन्तव्यमा लागेको देखिन्छ ।

काठमाडौँ कै कथासँग जोडेर युवाको अवस्था दैनिकी र पीडा नाटकमा देखाइएको छ । कसैको दिन लाइनमा बित्छ, कसैको चुरोट खाएर त कसैको कुरा काटेर त कसैको जागिर खोज्दा खोज्दै दिन बित्छ ।

हो यस्तै कथाहरू जोडेर लेट्स अभिनय गरौँ सिर्जना भएको निर्देशक तथा रङ्गकर्मी सुदाम सिके बताउँछन् ।

कौसी थिएटरमा मञ्चन भएको यो नाटक असार ६ गतेदेखि १७ गतेसम्म देखाइने तय भए पनि दर्शकको मागलाई लक्षित गरेर थप ६ वटा सो मञ्चन गरिने निर्देशक सुदाम सिके बताउँछन् ।

  • मनिष अर्याल/ नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *