पुरानो घरमा ‘ट्युवेल’ (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित ‘पुरानो घर’ नाटक घरमा तराईको कथावस्तुमा आधारित नाटक ‘ट्युवेल’ मञ्चन भइरहेको छ । रोशन सुवेदीको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक ‘ट्युवेल’ यही असार १५ गतेदेखि नियमित मञ्चन भएको हो ।

नेपालको तराई क्षेत्रका किसानहरूले भोगेका सिँचाइ सम्बन्धी समस्याहरूलाई नाटकमा चित्रण गरिएको छ । २०५६ सालतिरको तराईको कथा समेटिएको नाटकमा निशा दाहाल, अरविन्दकुमार मौर्य, भुवन लुहार, श्रवण यादव, राजीव चौधरी, कुन्दन थारु, रोहित रजक लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

भोजपुरी लवजमा तयार पारिएको नाटक ‘ट्युवेलु’ बुधबार बाहेक हरेक दिन साँझ ५ः१५ बजे मञ्चन हुनेछ । शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुने पुरानो घरले जनाएको छ ।

प्रतिक्रिया

One thought on “पुरानो घरमा ‘ट्युवेल’ (तस्बिरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *