शृङ्गारिँदै काठमाडौँको फुटपाथ (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक किनारामा गमलामा बिरुवा रोपेको छ । हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत महानगरका विभिन्न क्षेत्रमा बिरुवा रोपिएका हुन् ।

जहाँ गमलामा धुपी, समी, कपुर तथा फुलहरूको बिरुवा रोपिएको छ । अहिले सडकका छेउ तथा बिचको भागमा ढकमक्क फूल र लहलहाउँदा बोट बिरुवा देख्न सकिन्छ । खाली जमिन नभएको वा कम भएको ठाउँमा महानगरले गमला राखेर फूलको बिरुवा रोप्ने अभियान तीव्र पार्दै गएको हो ।

यसको रेखदेख महानगरीय प्रहरीसहित ५० जनाको टिमले गरिरहेको छ । अहिले कोटेश्वर, विजुली बजार, बागबजार, खुल्ला मञ्च, रानीपोखरी, कलंकी, पुतली सडक लगायतका ठाउँमा बोटबिरुवा र फलफूल रोप्ने काम सकिएको छ ।

महानगरको फेरिँदै गएको स्वरूपले स्थानीय खुसी छन् । गरे के हुँदो रहनेछ र ? स्थानीय भलाकुसारी गरेको भेटिन्छन् । पछिल्लो तीन महिनामा महानगरले ३० हजार बिरुवा रोपिसकेको छ ।

प्रतिक्रिया

One thought on “शृङ्गारिँदै काठमाडौँको फुटपाथ (तस्बिरहरू)

  1. “Swachchh sahar haravara sahar “ko abdharana liyer agadi badheko Mahanagar pramukh Sri Balen ji lai dherai dherai dhanyabad.

Leave a Reply

Your email address will not be published. Required fields are marked *