संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल विजयी
२०८० असार १६ गते

संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल विजयी भएका छन्।
शनिबार भएको समाजको आठौं अधिवेशनमा ६३ मतसहित सत्याल निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी विष्णु क्षेत्रीले ४४ र तुलसी सापकोटाले २७ मत प्राप्त गरेका हुन्।
उपाध्यक्षमा सृजना घिमिरे, किरण दाहाल, महासचिवमा जयसिंह महरा, सचिवमा गुन्जन राज गिरी र सबिता शर्मा, कोषाध्यक्षमा अमुल थापा, सदस्यहरू कमलराज भट्ट, रोमन आचार्य, शीला तिमल्सिना, मीरा बस्नेत, अन्जन लामिछाने, राजु थापा, विनोद कटुवाल र रघुनाथ बजगाईं निर्वाचित भएका छन्।
२०८० असार १६ गते
प्रतिक्रिया
सम्बन्धित








