कोशी प्रदेशको नाम पुनःविचार गर्नुपर्ने पक्षमा संघीय मन्त्री लिम्बू

काठमाडौँ । युवा तथा खेलकुमन्त्री एवं नेपाली काँग्रेसका नेता डिगबहादुर लिम्बूले कोशी प्रदेशको नाम सच्याउनुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नामाकरणपछि कोशी प्रदेशमा समस्या उत्पन्न भइरहेको भन्दै यो समस्यालाई रोक्न आवश्यक रहेको बताए । उनले प्रदेशको नाम पुनःविचार गर्नुपर्छ भनेर पार्टीको ध्यानाकर्षण गराएको पनि बताए । नेपाली कांग्रेसको गतिविधि शून्य रहेका बेला विभिन्न राजनीतिक पार्टीहरु च्याउजस्तै उम्रिएको उनको गुनासो छ । पार्टीको रुचीमा नपरेको मन्त्रालय आफूलाई दिइए पनि पर्याप्त बजेट नदिइएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे । उनले युवा तथा खेलकुद मन्त्रालयसँग गाडीमा तेल हालेर हिँड्ने पैसा समेत नभएको दाबी गरे ।

‘यो मन्त्रालयमा २ अर्ब ७ करोड रुपैयाँ मात्रै बजेट छ,’ उनले भने, ‘पैसै छै, तर सिलिङ थपिएन । जति छ त्यसलाई व्यवस्थापन गर्नेछु ।’

मन्त्री लिम्बूले अहिले नेपाली कांग्रेसको गतिविधि सुस्त भएको भन्दै जनतासमक्ष पार्टीका गतिविधि लैजान पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *