सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको फोर्स दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरबाट नेपालगञ्ज जादै गरेको फोर्स गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । वीरेन्द्रनगरबाट नेपालगञ्ज जादै गरेको भे १ ख ३७५० नम्बरको फोर्स गाडी रत्न राजमार्ग अन्तर्गत भेरी पुल नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते भएका नेपालगञ्ज उपमहानगरपालिका २२ बस्ने ५० वर्षीय फहित अन्सारीको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा १४ जना यात्रुहरु घाइते भएका छन् ।

उनीहरुको अहिले उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको छ । तिब्र गतिका कारण फोर्स दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *