एमालेको अवरोधले कर्णाली प्रदेश सभा आधा घण्टाका लागि स्थगित

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । शुक्रबार बजेटमाथिको छलफल गर्न दिउँसो १ बजेबाट सुरु भएको कर्णाली प्रदेश सभालाई छलफलमा प्रवेश नै गर्न नदिएर नेकपा एमालेले संसद अवरुद्ध गरेको हो ।

नेकपा एमालेको प्रमुख सचेतक टेकराज पछाईले संसद सुरु भए लगत्तै बोल्दै कर्णाली प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमा विचौलियाको हालिमुहाली भएको बताउँदै संसद चल्न नदिने बताएका थिए , उनले यसबारेमा स्पष्ट जवाफ माग्दै प्रदेश सरकारले बजेट पैतृक सम्पति झैँ वितरण गरेको आरोप पनि लगाए ।

बजेटमा विचौलिया प्रवेश गरेको भन्ने विषयमा जवाफ माग्दै विचौलियाका लागि ल्याएको बजेट कुन-कुन हुन प्रस्ट पार्न भन्दै नेकपा एमालेले संसद अवरुद्ध गरेपछि ३० मिनेटका लागि कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *