असार १३ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. असार १३, २०८० । ई.सं. २८ जुन २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ । तछलागा पिङ्गल उत्तरायण ग्रीष्म ।  धबार आषाढ शुक्लपक्ष । तिथि दशमी २३:०० बजेसम्म, त्यसपछी एकादशी । नक्षत्र चित्रा १२:४० बजेसम्म, त्यसपछी स्वाती । योग शिव ०२:५२ बजेसम्म, त्यसपछी सिद्ध । करण तैतिल १०:५६ बजेसम्म, त्यसपछी गर २३:०० बजेसम्म, त्यसपछी वणिज । चन्द्रराशि तुला । नन्दादि योग काल । दिनमान १३:५० । सूर्योदय ५:१२ । सूर्यास्त १९:०२ । मन्वादि सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा । सूर्य २|११|३०|४० । चन्द्र ६|२|४१|४ । मंगल ३|२७|१७|१७ । बुध २|११|५९|३० । बृहस्पति ०|१५|४०|५१ । शुक्र ३|२३|३|२ । शनि १०|१०|६|५६ । राहु ०|५|५३|१३ । क्रान्ति उ २३|१८ । वेलान्तर (+)३:०६ ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । समाजसेवामा मन लाग्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ व्यक्ति सँग भेटघाट पनि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सौन्दर्यतामा धन खर्च हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ, तर नजिकका व्यक्तिबाट साथ मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ, तर पुँजी बजारको भने भर हुने छैन ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवारमा सुख सन्तोष छाउनेछ । सफल यात्राको योग छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शेयर बजारको लगानीले लाभ मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन लाभहानी माध्यम रहनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । वैदेशिक यात्राको योग पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मिठो बोलीले कार्य सम्पादन हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा निराशा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला, तर साँझमा शुभ समाचार पाइने र पैसा हात पर्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =