बोतल हान्नेलाई प्रकाशले सम्झाए, माफी पनि दिए (भिडिओ)

काठमाडौँ । रोमानियामा गायक प्रकाश सपूतमाथि बियरको बोतल प्रहार गर्ने एक नेपालीलाई माफी दिइएको छ । गायक सपूतले ती व्यक्तिलाई भेटेर सम्झाउँदै माफी दिएका हुन् ।

उनको भविष्य नराम्रो नहोस् भनेर आफ्नो तर्फबाट माफी दिएको प्रकाशले बताएका छन् । ‘मलाई जति दुखेको छ । मेरो नाकमा पनि दुखेको छ । मेरो मनमा पनि दुखेको छ । सायद, तपाई हामीलाई सुन्न भनेरै कार्यक्रममा जानुभएको होला’ प्रकाशले बोतल प्रहार गर्ने व्यक्तिलाई सम्झाउँदै भने, ‘तर, यसले मलाई भन्दा पनि तपाईँको आफ्नो लाइफलाई असर गर्छ । भोलि तपाई नेपाल फर्किनुपर्‍यो वा जेलमा बस्नुपर्‍यो भने के हुन्थ्यो भन्नुस् त ।’

प्रकाश र बोतल प्रहार गर्ने व्यक्तिबीचको कुराकानीको भिडियो गायिका प्रीति आलेले फेसबुकमा सार्वजनिक गरेकी छिन् । ती व्यक्तिले माफी माग्दै आफूले कसैको उक्साहटमा नभई रमाइलो गर्दा घटना घटेको बताएका छन् । ‘म सबैसँग माफी माग्न चाहन्छु । साथीभाइहरूले कसैले पनि यस्तो गल्ती कहिल्यै नगर्नुहोला,’ ती व्यक्तिले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *