कांग्रेस छियाछिया भयो, पुन: जीवन दिनुपर्ने खाँचो छ : नेता कोइराला
२०८० असार १० गते

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेस पुनः जीवन दिनपर्ने आवश्यकता रहेको बताएका छन् ।
आइतबार पार्टी निकट नेपाल प्रेस युनियन, काठमाडौँ शाखाको नवौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेस अहिले छियाछिया भइरहेको भन्दै यसलाई पुनः जीवन दिनुपर्ने खाँचो रहेको बताए । नेता कोइरालाले काँग्रेसलाई बचाउनको लागि सुवेक्षुक संस्थाहरूले पार्टी नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताए ।
उनले भने, ‘नेपाली काँग्रेस छियाछिया हुन थालेको छ । अब यसलाई कसरी हामीले पुनः जीवन दिने हो ? जाडोको याममा पात झरेको देख्नुभएको छ । पात झर्दाझर्दै उसले एउटा तरङ्ग दिन्छ वृक्षलाई की उ जाडो यामलाई छलेर जब वसन्त ऋतु आएछ फेरि हरियो भएर जान्छ । त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ, त्यसलाई अपक्टोसिस भनिन्छ । यो नेचुरल प्रक्रिया हो । आउँदो भविष्यमा नेपाली काँग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ ।’
नेता कोइरालाले सबैले आफ्नो दायित्व स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले संविधानमाथि धेरै प्रहार भइरहेको भन्दै यसको रक्षा पत्रकारहरूले गर्नुपरेको बताएका छन् ।
२०८० असार १० गते
प्रतिक्रिया
सम्बन्धित








