विमानस्थलमा पत्रकारलाई रोक्दै रेशमले भने- मलाई ‘टिकापुर घटना’बारे प्रश्न नसोध्नुस्

सुर्खेत । सुर्खेत आएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कर्णालीको पिडा राज्यले बुझ्न नसकेको बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले धेरैले कर्णालीलाई बेच्ने बाटो बनाएको बताए ।

सुरुमै उनले टिकापुर घटनाको बारेमा प्रश्न नसोध्न पत्रकारलाई आग्रह गर्दै भने, ‘मलाई तपाईँहरूले सोध्नै पर्ने प्रश्न भए सोध्नुहोस् म जवाफ दिउँला तर, हामी पटक-पटक त्यही एउटा प्रश्न र त्यही उत्तरबाट आजित छौँ,’ उनले भने, ‘तपाईँहरू पनि त्यो प्रश्न नसोध्नुहोस् मलाई पनि त्यसको सयौँ पटक उत्तर दिनुपर्ने बाध्यताको सिर्जना नगर्नुहोस् ।’ पत्रकारहरूले पनि टिकापुर घटनाबारे चौधरीलाई प्रश्न सोधेनन् ।

धेरैले कर्णालीलाई बेच्ने बाटो बनाएको भन्दै उनले अब नागरिक उन्मुक्ति पार्टीले त्यसो गर्न नदिने पनि बताए । साथै राज्यले सुदूरपश्चिम नाम हटाएर थरुहट प्रदेश नाम राखिदिनुपर्ने बताउँदै सुदूरपश्चिम प्रदेशको नाम ‘सुदूरपश्चिम’ राम्रो नभएको र त्यो बदल्नुपर्ने तर्क राखे । सुदूरका भूमिपुत्रहरुको सम्मानका लागि पनि पहिचानका आधारमा नाम राखिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *