आज विदेशी मुद्राको विनिमय दर कति ?
२०८० असार ९ गते

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज असार ९ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४२ रुपैयाँ २९ पैसा र बिक्री दर १४२ रुपैयाँ ९४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५८ पैसा र बिक्री दर १६७ रुपैयाँ ३४ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०८० असार ९ गते
प्रतिक्रिया
सम्बन्धित








