आर्ट काउन्सिलमा सुरु भयो ३४ कलाकारका कला प्रर्दशनी (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँस्थित बङ्गलादेशी राजदूताबासको सहयोगमा ‘लभ फर ल्याङवेज एन्ड कल्चर’ थिममा नेपाली कलाकारका कला प्रदर्शनी सुरु भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल आर्ट काउन्सिलमा सुरु भएको उक्त कला प्रदर्शनीमा ३४ जना नेपाली कलाकारको कला राखिएको छ । कार्यक्रममा एक दिवसीय वर्कशपको आयोजना गरिएको थियो । सबै आर्टहरु आजदेखि ३ दिनका लागि प्रदर्शनीमा राखिएको छ । कार्यक्रमको उद्घाटन उपप्रधान मन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए । साथै विभिन्न एम्बेसीका प्रतिनिधिको पनि उपस्थित थियो ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 16 =