विपद् प्रभावित क्षेत्रमा लाइभ लाइन कनेक्टिभिटी जोड्ने काम प्राथमिकतामा छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढी पहिरोबाट जनसम्पर्क टुटेको क्षेत्रमा लाइभ लाइन कनेक्टिभिटी जोड्ने काम सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।
बुधवार सिंहदरबारमा मनसुनजन्य विपद्बाट विभिन्न जिल्लामा भएको क्षतिको विषयमा भएको छलफलमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा सडक, खानेपानी, विद्युत्, खाद्यान्न लगायतका कनेक्टिभिटी तत्काल जोड्ने गरी काम गरिरहेको बताए ।
उनले बाढी पहिरो विपद्बाट बेपत्ता भएको खोज तथा उद्धारलाई प्राथमिकतामा राखेको बताए । गृहमन्त्री श्रेष्ठले बाढी पहिरो प्रभावित क्षेत्रमा स्थानीयवासी र बस्तीको स्थानान्तरण नभएको भए तत्काल बस्ती स्थानान्तरण गर्ने काम गरिने बताए । उनले बाढी पहिराबाट मानव र बस्ती जोगाउँदै घाइतेहरूको उपचार जोड दिएर काम गरिरहेको बताए ।
उनले भने ‘पूर्वका जिल्लामा भएको बाढी पहिरोबाट बेपत्ता भएकाहरूको खोज र उद्धार कार्यलाई प्राथमिकता दिएका छौँ । स्थानीय बासी र बस्तीको स्थानान्तरण नभएको भए तत्काल बस्ती स्थानान्तरण गर्ने कुरालाई प्राथमिकता दिन्छौँ । बाढी पहिराबाट मानव र बस्ती जोगाउनु सरकारको कर्तव्य हो । बाढी पहिरोमा परेर घाइतेहरूको उपचार जोड दिएका छौँ । बाढी पहिरोको कारण जनसम्पर्क कनेक्टिभिटीको समस्याको कारण खाद्यान्नको समस्या भोग्नुपरेको स्थानमा खाद्यान्न पुयाउने कामलाई प्राथमिकतामा राख्छौँ । खानेपानी र विद्युत् आपूर्ति सम्भव भएसम्म धान्छौं । मुख्य लाइभ लाइन कनेक्टिभिटी जोड्न सरकारको ध्यान जानेछ । यसलाई प्राथमिकताको आधारमा सरकारले कार्यायोजना बनाएर काम थालेका छौँ । संघीय,प्रदेश र स्थानीय सरकारको समन्वयमा सम्पूर्ण सरकारी निकायहरूको प्रभावकारी परिचालनमा गरेर काम अघि बढाएका छौँ । पुनः निर्माण र पुनवासीको निम्ति सरकारले थप योजना बनाउने थालेका छौँ । बाढी पहिरोबाट क्षतिग्रस्त स्थानमा आवश्यकता अनुसारको ठोसकार्यजना बनाएर काम केके गर्ने भन्ने विषयमा बिहीबार भौतिक, अर्थ, स्वास्थ्य, ऊर्जा, खानेपानी मन्त्रालयसहितको बैठक राखेको छु ।’
उनले कनेक्टिभिटीलाई प्राथमिकताको आधारमा सरकारले कार्यायोजना बनाएर काम थालेको बताए । उनले संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा सम्पूर्ण सरकारी निकायहरूको प्रभावकारी परिचालनमा गरेर काम अघि बढाएको पनि बताए । उनले पुनः निर्माण र पुनवासीको निम्ति सरकारले थप योजना बनाएको पनि बताए । उनले बिहीबार भौतिक, अर्थ, स्वास्थ्य, ऊर्जा, खानेपानी मन्त्रालयसहितको बैठक बसेर ठोस निर्णय गर्ने बताए ।








