बुधबार पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुन घटेको छ । बुधबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

मंगलबार प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ८ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ४५ रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रति तोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 4 =