जापानमा बिते रूकुमका ३४ वर्षीय अमृत बुढा

टोकियो – जापानमा एक नेपाली मृत फेला परेका छन् । बुधबार जापानको इबाराकीको चुकुवा सिटी कानामेमा रूकुमका ३४ वर्षीय अमृत बुढा मृत फेला परेका हुन् ।

एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेकाअनुसार अमृतले गत अप्रिलमा सेम्बुन गाक्को सकाएर एउटा कम्पनीमा काम सुरु गरेका थिए । मे २ देखि काममा नगएपछि कम्पनीले अमृतको सोधखोज गरेको थियो । उनी बस्ने घरसम्म सोधखोज गर्दापनि बुढा नभेटिएपछि सोमबार कोठाका खान्द्रीलाई खबर गरी कोठा खोलेर हेर्दा उनी मृत फेला परेका हुन् ।

उनको शव सडेगलेको अवस्थामा फेला परेको पनि वरिष्ठ उपाध्यक्ष निउरेले जानकारी दिए । शव सडेगलेको अवस्थामा रहेकाले दिउँसो साढे १ बजे जापानमै अन्त्येष्टि गर्न लागिएको उनले बताए । जापानमा रहेका नेपालीहरूलाई उपस्थित हुनका लागि पनि उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *