असार ५ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. असार ०५, २०८० । ई.सं. २० जुन २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ । तछलागा पिङ्गल उत्तरायण ग्रीष्म । मंगलबार आषाढ शुक्लपक्ष । तिथि द्वितिय ११:३१ बजेसम्म, त्यसपछी तृतीया । नक्षत्र पुनर्वशु २१:४१ बजेसम्म, त्यसपछी तिष्य । योग ध्रुव ०१:३१ बजेसम्म, त्यसपछी व्याघात । करण कौलव ११:३१ बजेसम्म, त्यसपछी तैतिल ००:२१ बजेसम्म, त्यसपछी गर । चन्द्रराशि मिथुन । आनन्दादि योग स्थिर । दिनमान १३:५० । सूर्योदय ५:१० । सूर्यास्त १९:०० । जगन्नाथजीको रथजात्रा, शरणार्थीदिवस । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा । सूर्य २|३|५५|२८ । चन्द्र २|२४|५६|२२ । मंगल ३|२२|२८|३६ । बुध १|२६|५७|१२ । बृहस्पति ०|१४|७|४० । शुक्र ३|१७|४२|४२ । शनि १०|१०|१६|१२ । राहु ०|६|१८|४० । क्रान्ति उ २३|२६ । वेलान्तर (+)१:३५ ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । शुभ चिन्तकबाट साथ, सहयोग र सम्मान पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नियमित खर्चसमेत बढ्ने योग छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्तसँग मनमुटाव बढ्नसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ, तर स्वास्थ्यको भने ख्याल गर्नुपर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सबैले तपाईंको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण पनि बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । स्वास्थ्यले साथ नदिन पनि सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =