आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार रुपैयाँ कायम भएको छ ।

शुक्रबार प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रति तोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =