रास्वपा कार्यालय बसुन्धाराबाट बालाजु सर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय सर्ने भएको छ।

आगामी असार ७ गते पार्टी स्थापनाको दिन पारेर बसुन्धराबाट बालाजु सार्न लागिएको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।

बालाजुमा डा. भरतमणी देवकोटाको घरमा मासिक ३ लाख ५० हजार भाडा तिर्ने सम्झौता गरेर कार्यालय सार्न लागिएको हो।

अहिलेको कार्यालय सानो भएकाले सार्न लागिएको हो।

सर्न लागिएको ५ तले भवनमा केन्द्रिय समितिको सबै बैठक गर्न पर्याप्त स्थान हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *