विमल नेपालको उपन्यास ‘पीपला’ सार्वजनिक
२०८० असार २ गते

काठमाडौं । पत्रकार एवं साहित्यकार विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ सार्वजनिक भएको छ ।
शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा इन्डिगो इन्कद्वारा आयोजित कार्यक्रममा पत्रकार नेपालको नयाँ उपन्यास ‘पीपला’ सार्वजनिक भएको हो ।
इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यासलाई साहित्यकार नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु अधिकारी र लेखककी आमाले संयुक्त रूपमा विमोचन गरेका हुन् ।
लेखकले उपन्यासमा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धताकाको परिवेशलाई समेटेका छन् । साथै, उपन्यासमार्फत लेखकले जनयुद्ध के का लागि भन्ने प्रश्न समेत गरेका छन् ।
२०८० असार २ गते
प्रतिक्रिया
सम्बन्धित








