कर्णाली प्रदेश सभा अगाडि झडप, एसपीसहित ९ जना प्रहरी घाइते

सुर्खेत । कर्णाली प्रदेश सभा अगाडि धर्ना दिएर बसेका दलितका लागि दलित आन्दोलनमा सहभागी र प्रहरीबीच झडप हुँदा १० जना प्रहरी घाइते भएका छन् ।

कर्णाली प्रदेश सरकारको बजेटमा दलित समुदायका विभिन्न मागहरु नसमेटिएको भन्दै आन्दोलनमा उत्रिएका दलित समुदाय र प्रहरीबीच शुक्रबार साँझ झडप हुँदा केही प्रहरी र दलितका लागि दलित आन्दोलनका केही जना घाइते भएका हुन् ।

कर्णाली प्रदेश सरकारले शुक्रबार ल्याएको बजेट दलित मैत्री नभएको र दलित समुदायका मागहरु सम्बोधन नगरीको भन्दै धर्ना दिएर बसेका उनीहरुले मुख्यमन्त्री, अर्थमन्त्रीलगायत विरुद्दमा नाराबाजी गरेका थिए । आन्दोलन उग्र बनेपछि प्रहरी र दलितका लागि दलित अभियानमा सहभागीहरुबीच झडप भएको थियो ।

झडपमा एसपीसहित ९ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रदर्शनकारी कतिजना घाइते भए भन्नेबारे कुनै विवरण आएको छैन । साथै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *