बारीमा लत्रिएको तारलाई पोलमा राख्न खोज्दा करेन्ट लाग्यो, खर्क र पूर्णबहादुरको मृत्यु

मकवानपुर । मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका-८ निवासी ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पूर्णबहादुर लोको करेन्ट लागेर मृत्यु भएको हो ।

बुधबार मकै बारीमा लत्रिएको बिजुलीको नांगोतारलाई पोल गाडेर उठाउनका लागि फलामको खन्तीले खाडल खन्ने क्रममा तारलाई छुन गई उनीहरुलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको केहीबेरमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेबबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =