आरजुपछि देउवा पुगे सिंगापुर

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पूर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् ।

श्रीमती आरजु राणा भने सोमबार नै सिंगापुर पुगेकी थिइन् । सिंगापुरमा पूर्व तयारीका लागि श्रीमती राणा पहिला नै पुगेकी हुन् ।

पेटमा समस्या देखा परेपछि देउवा तीन वर्षअघि पनि सिंगापुर गएका थिए । उनी एक सातापछि स्वदेश फर्किने कांग्रेस केन्द्रीय कार्यालय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *