सहकारी सञ्चालको फोटोमा जुत्ताको माला लगाउँदै पीडितको विरोध (तस्बिरहरु)

काठमाडौँ । सहकारी संस्थाका पीडितले काठमाडौँको माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका छन् ।

सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति (नेपाल) गठन गरी देशभरका सहकारी पीडितले विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले सहकारी सञ्चालकहरुको फोटोमा जुत्ताको माला लगाइदिएर विरोध गरेका छन् । सहकारी सञ्चालकले देशभरका बचतकर्चाको झण्डै ५० अर्ब रुपैयाँ भन्दा बढी ठगी गरेको उनीहरुको आरोप छ ।

सहकारी संस्थाका नाममा गठी धन्दा चलाउनेलाई कारवाही गर्नुपर्ने, सरकारले आफूहरुसँग वार्ता गर्नुपर्ने सहकारीमार्फत ठगी कार्य रोक्नुपर्ने उनीहरुको माग छ । माग पूरा नभएसम्म आफूहरुको आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *