बामदेव गौतम एमालेमा आउनु हुन्छ भने ठीक छ : अध्यक्ष ओली 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतम गौतम नेकपा एमालेमा आउने कुरा ठीक भएको बताएका छन् । गौतमको पार्टी सदस्यता एमालेमै रहेको भन्दै उनले यस्तो बताएका हुन् ।
बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उम्मेर हद हटाउने हो भने बामदेव गौतमले एमाले आउने कुरा गर्नु भयो नि भनी ओलीलाई प्रश्न गरेका थिए ।
जवाफमा ओलीले भने, ‘अब थप केही कुरा छ र ?’
ओलीले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताए ।
ओलीले भने, ‘उहाँले सदस्यता ती छ भन्नु भयो होइन । अनि, कुरा बाँकि छ केही छ थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनु भयो । एकता अभियान चलाउनु भयो । त्यो अभियान मात्रै हो । पार्टी खोलेको होइन ।  एमालेमा जान्छु भन्नु भएको छ । त्यो ठीक छ । ठीक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *