सरकारले जनहितलाई प्राथमिकता दिएर बजेट बनाउन सकेन : वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले बजेटमा जनताको हीतलाई प्राथमिकतामा राख्न नसकेको बताएका छन् ।

बुधवार राष्ट्रिय सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले सरकारले ४ करोड कित्तामा विभाजित कृषि भूमिलाई तिब्र गतिमा विभाजित गरी कित्ताकाटलाई तुरुन्त लागू गर्ने उल्लेख गर्नु नै वर्तमान सरकार जनताको हीतमा ध्यान दिनबाट चुकेको छ भन्ने कुराको पुष्टि हुने बताए ।

उनले कृषि उत्पादन तथा व्यवसायीकरण र औद्योगिकरण प्राथमिकतामा पर्नुपर्ने बताए । उनले बजेटले कृषि क्षेत्रमा रहेका जनताको दयनीय अवस्था देख्न नसकेको बताए । बजेटबाट सरकारले राष्ट्रिय बजारको संरक्षण र अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गर्न नसकेको बताए ।

सदस्य गौतमले सरकारले ल्याएको बजेटले एक वर्षपछि नेपाली जनतालाई निराश तुल्याउनेबाहेक अन्य काम गर्न नसक्ने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *