गरिबलाई झन् गरिब बनाउने गरी बजेट ल्याइयाे : सांसद सुमना श्रेष्ठ

२०८० जेठ २४ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)की सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत् ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताएकी छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले गरिबलाई झन् गरिब बनाउने गरी सरकारले कर नीति ल्याएको जिकीर गर्दै त्यसको विरोधमा आफूहरुले संसद बैठकसमेत अवरुद्ध गर्न सक्ने चेतावनी दिइन् ।
सांसद श्रेष्ठले दैनिक उपभोग्य खाद्यन्नमा समेत सरकारले १३ प्रतिशत कर लिने नीति लिएकोमा आपत्ति जनाउँदै सो नीति स्विकार्य नहुने बताइन् । गरिब किसानलाई राहत दिने कार्यक्रम बजेटमा के छ ? भनी उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रश्न समेत गरेकी छन् ।
सांसद श्रेष्ठले गरिवीलाई देखाएर दातृ निकायबाट बजेट ल्याउने र उनीहरुलाई मारमा पार्ने काम हुनै नसक्ने बताइन् ।

२०८० जेठ २४ गते
प्रतिक्रिया
सम्बन्धित