निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौँ । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाउने निर्णय गरेको छ । प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आयोगले सर्वदलीय बैठकमा बोलाउने बुधबार बसेको आयोग पदाधिकारीको बैठकले निर्णय गरेको हो । सरकारले जिल्ला निर्वाचन कार्यालय हटाई जिल्ला प्रशासन कार्यालय मातहतको इकाईमा रूपान्तर गर्ने प्रस्ताव ल्याएपछि त्यसविरुद्ध आयोगले छलफलका लागि बैठक बोलाएको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको बजेट वक्तव्यमा जिल्ला निर्वाचन कार्यालयहरू खारेजी गर्ने प्रस्ताव ल्याएको हो । त्यस्तै, नयाँ निर्वाचन व्यवस्थापन विधेयक प्रस्तुत गर्ने विषय, नगरपालिका र गाउँपालिकाबाट आवश्यक संयन्त्र खडा गरी मतदाता नामावली सङ्कलन गर्ने विषय बैठकमा छलफल गर्ने आयोगले जनाएको छ ।

त्यसैगरी आयोगले उक्त विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गर्ने निर्णय गरेको छ । निर्वाचनलाई निष्पक्ष बनाउन जिल्ला निर्वाचन कार्यालय आवश्यक रहेको आयोगको ठहर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *