नेपालका लागि अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध छ : मन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, बिस्तार र प्रवर्द्धन गर्न नेपाली उत्पादनका लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

साना तथा मझौला व्यवसायी महासंघ नेपालको २० औँ स्थापना दिवस दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला उद्योगको विकास, बिस्तार र प्रवद्र्धन गरिनुपपर्नेमा सरकार दृढ रहेको बताए । उनले व्यवसायको विकासका लागि आवश्यक नीतिगत सुधारसहित स्वदेशी बजार बिस्तारको साथै अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापित गराउनेतर्फ सरकारले आवश्यक पहल गर्ने बताए ।

उनले साना तथा मझौला उद्योगको विकास तथा बिस्तारले स्थानिय स्तरदेखि नै आर्थिक विकास तथा रोजगारीका अवसरहरु प्रदान गरी मुलुकलाई आर्थिक सम्मुनतिको बाटोमा अगाडि बढाउने भएको र यस्ता व्यवसायलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले एक घर एक व्यवसायको सिद्धान्तलाई मुल नारा बनाएर सामान्य नागरिकलाई पनि उत्पादन तथा सेवामा उत्प्रेरित गरेकोमा महासंघको कार्यप्रति सराहना पनि गरे ।

कार्यक्रममा व्यवसायीहरुले साना तथा मझौला व्यवसायीद्वारा उत्पादित सामग्री बिक्रीका लागि छुट्टै औद्योगिक ग्रामको व्यवस्था गर्न माग गरेका थिए ।

महासंघका सहअध्यक्ष इनु पौडेलल आर्थिक क्षेत्रमा आत्मनिर्भर हुनका लागि सरकारले एक घर एक व्यवसायको अभियानलाई जिम्मेवार भई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले समृृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न व्यवसायीक अग्रगामी नेतृत्व र दीर्घकालिन सोचको आवश्यकता रहेको उल्लेख गरे ।

व्यवसायको सम्मुन्नत प्रवर्द्धनका लागि एसएमई स्कुल, एसएमई उत्पादन संकलन केन्द्र, एसएमई ग्राम र विभिन्न हब सेन्टर लगायतको स्थापना गर्नुपर्नेमा पनि उनले जोड दिए । उनले आर्थिक मन्दीको मारमा साना तथा मझौला व्यवसाय पनि परेकाले मन्दीको प्रभाव न्युनीकरणका लागि सरकार व्यवसाय र व्यवसायीका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । साना तथा मझौला व्यवसायमार्फत हरेक घर धुरीमा एक एक जना व्यवसायी निर्माण गर्ने प्रतिवद्धता महासंघले लिएको भए पनि नीतिगत कठिनाई, कच्चा पदार्थको आपूर्ति, व्यवसायीक प्रशिक्षणको कमी तथा बजारीकरणको अभावका कारण अपेक्षित सफलता प्राप्त हुन नसकेको बताए ।

नेपाल हस्तकला महासंघका पूर्वअध्यक्ष एवं ललितकला प्रतिष्ठानका प्राज्ञ धर्मराज शाक्यले साना तथा मझौला व्यवसायीका उत्पादन बिक्रीका लागि छुट्टै औैद्योगिक ग्राम बनाउन सरकारसँग माग गरे । व्यवसायीले कच्चा पदार्थ ल्याउनेदेखि आवश्यक जनशक्ति पनि आफैँ खडा गर्ने गरेको उल्लेख गर्दै व्यवसायको विकास र प्रवद्र्धनका लागि सरकारले प्रशिक्षण, सीप, बजारीकरणसँगै सहज कच्चा पदार्थ आयातको व्यवस्था मिलाउन सरकारसँग माग गरे ।

कार्यक्रममा साना तथा मझौला व्यवसाय प्रवद्र्धनका लागि आ आफ्नो स्थानबाट उत्कृष्ट योगदान पुर्याएका समाजसेवी, व्यवसायी तथा पत्रकारहरुलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *