विदेशी लगानी भित्र्याउने कुरालाई प्राथमिकतामा राख्नुपर्छः अध्यक्ष यादव

काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विदेशी लगानी भित्र्याउने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

मंगलबार पार्टी निकट बौद्धिक पेशाकर्मी महासंघ नेपाल पुनर्गठन तयारी समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू उपप्रधानमन्त्री हुँदा विभिन्न देशका लगानी कर्तासँग कुरा गरेको तर नेपालमा लगानी गर्ने प्रक्रियाका लागि झन्झट हुने गरेको गुनासो पाएको बताए ।

उनले विदेशीहरु नेपालमा लगानी गर्न इच्छुक भएपनि कानूनी व्यवधानहरुल समस्यामा पार्ने गरेको बताए । उनले न्यायालय निष्पक्ष हुन नसकेको बताए । ७३ प्रतिशतभन्दा बढी बजेट तलव, भत्ता, ऋण तिर्न र यात्रामा खर्दैमा सकिने भन्दै यस हिसावले मा कुनैपनि देशले आर्थिक समृद्धि ल्याउँछु भन्नु ढाँट्नुबाहेक केही नभएको बताए ।

अध्यक्ष यादवले नेपालको प्राकृतिक श्रोतको प्रयोग गर्नसके नेपाल समृद्ध मुलुक बन्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *