चर्चामा आउन सडक अनुगमन गरेका होइनौँ : भौतिकमन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चर्चामा आउनका लागि नभइ दिगो र कार्यान्वयन गर्नेगरी सडक अनुगमन गरिरहेको बताए । मंगलबार भौतिक तथा पूर्वाधारमन्त्री ज्वालाले चक्रपथको दोस्रो खण्डका रूपमा कलंकीदेखि बसुन्धरासम्मको सडकको स्थलगत निरीक्षण गर्ने क्रममा यस्तो बताएका हुन् । उनले कंलकीदेखि बसुन्धरासम्मको सडक निर्माणमा देखिएका समस्या स्थलगत निरीक्षणबाट समाधान खोज्नको लागि चीनियाँ राजदुत, आयोजना प्रमुखसहित अनुगमन गरिएको बताए ।

उनले कलंकीदेखि महाराजगञ्जसम्मको ८.२ किमि सडक खण्ड बिस्तार गर्न कुनैपनि समस्या नदेखिएको बताए । उनले सडक निर्माण गर्न सडकको दुवैतर्फ कुनैपनि समस्या नदेखिएकाले चाँडै डिपिआर तयार गरेर ठेक्का प्रक्रियामा जाने बताए । उनले कंलकीदेखि बसुन्धारासम्मको रिङ रोड सडक खण्डको दोस्रो चरणको निर्माण चीन सरकारको अनुदानमा बन्न लागेको बताए । उनले उक्त खण्डमा ढुङगेधारा, गोंगबु र बसुन्धारामा अण्डरग्राउण्ड पास आवश्यकता देखिएकाले चीन सरकारसँग सहमति गरेर तीन ठाउँमा अण्डरपास बनाउने सहमति समेत भएको बताए । मन्त्री ज्वालाले कंलकीदेखि बसुन्धरासम्म ८ लेनको फराकिलो सडक निर्माण अब तत्काल अगाडि बढ्ने आशा जगाएको बताए ।

‘कंलकी देखि बसन्धरासम्मको रिङ रोड सडक निर्माण आयोजनाको स्थलगत निरीक्षण गरेका छौँ,’ उनले भने, ‘उक्त सडक चीन सरकारको अनुदानमा निर्माण कार्य भइरहेको छ । पहिलो चरणको कोटेश्वदेखि कलंकीसम्मको सडक निर्माण सकेका छौँ । कंलकीदेखि धोबी खोलासम्मको ११ किलोमिटरमा ८.२ किलोमिटर सडक निर्माणको कार्य अघि बढेको छ । ढुङ्गेधारा, गोंगबु, बसुन्धारा तीन क्षेत्रमा अण्डरपास बनाउन आवश्यक छ भनेर तीन वटा थप योजना थप्न आग्रह गरौँ । उहाँहरु सहत हुनु भयो । अब कंलकीदेखि बसुन्धरासम्म ८ लेनको सडक निर्माण गछौँ । हामी सडक अनुगमन र तामझाम मात्रै गर्ने चर्चा परिचर्चामा आइरहने भन्दा पनि दिगो खालका भन्दा पनि सरकारले निर्णय गरेपछि कार्यान्वयन गर्ने गरी काम गर्ने प्रयास गरिरहेका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *