रेशम चौधरीको आममाफीविरूद्धकाे मुद्दामा सर्वाेच्चकाे कारण देखाऊ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीको आममाफीविरुद्ध परेको रिटमा सर्वाेच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेकाे छ ।

चौधरीको आममाफी रोक्न माग गर्दै घटनामा मारिएका प्रहरी निरीक्षक स्वर्गीय केशव बोहराकी श्रीमती (पीडित) शारदा कडायतले रेशम चाैधरीसहित राष्ट्रपतिकाे कार्यालयलाइ विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् ।

उक्त रिटमाथि सुनुवाइपछि न्यायाधीश प्रकाशमान सिंह राउतकाे एकल इजलासले मुद्दाका विपक्षीलाई पीडितकाे माग बमाेजिमकाे आदेश दिनु किन नपर्ने भन्ने कारण भए १५ दिनभित्र पेश गर्न आदेश दिएकाे छ । साथै मुद्दालाई अग्राधिकार दिन पनि अदालतले आदेश दिएकाे छ ।

१५ जेठमा परेकाे गणतन्त्र दिवसका अवशरमा राष्ट्रपति रामचन्द्र पाैडेलले चाैधरीसहित कैदी बन्दीलाई आम माफि दिने आदेश दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *