नक्कली शरणार्थी प्रकरण

सरकारी र जहेरवालातर्फका वकिलको थुनछेक बहस सकियो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल र निजी वकिलको थुनछेक बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतमा सरकारी वकिलहरु मध्ये आइतबार महेश खत्री, सोमबार जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, प्रकाश घिमिरेले बहस गरे । मंगलबार सुरबहादुर परियार, निर्मला मरासिनी र हीरालाल घोलालको बहस सकिएको छ ।

उनीहरूले प्रतिवादीले प्रमाण मेटाउन सक्ने भएकाले थुनामै राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

जाहेरवालाको तर्फबाट टी ब्रेकअघि सुनिलकुमार शर्मा सापकोटा र दीपकराज रेग्मीले बहस गरे ।

मंगलबारसम्ममा सरकारी वकिल र जाहेरवालाको वकिलको बहस सकिएको हो । भोलिबाट प्रतिवादीका वकिलहरुको बहस हुनेछ ।

जाहेरवाला सुनिलकुमार शर्मा सापकोटा, दीपक रेग्मी, स्वागत नेपाल, हरिप्रसाद कट्टेल, वरिष्ठ अधिवक्ता ध्रुवबहादुर प्रधान र राधिका चौलागाईंले बहस गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *