करको दर हेरफेरमा विचौलियाको प्रवेशबारे जसपा गम्भीर छ : सचेतक यादव

काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई सरकारले संलग्न गराएको भन्ने विषयलाई आफ्नो पार्टीले गम्भिरतापूर्वक लिएको टिप्पणी गरेका छन् ।

मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो प्रतिक्रिया दिए । प्रमुख सचेतक यादवले सो विषयबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा जवाफ दिनैपर्ने बताए । उनले अर्थमन्त्री महतले बजेटको छलफलमाथिको छलफलको क्रम सकिएपछि जवाफ दिनुहुने र त्यसमा सो विषयमा दिएको जवाफ चित्त नबुझे आफ्नो पार्टी विरोधमा उभिने स्पष्ट पारे ।

‘सञ्चार माध्यामबाट हामीले यो कुराहरु हेरेका छौँ, त्यो विषयमा हामी गम्भिर छौँ,’ उनले भने, ‘हाम्रो पार्टी गम्भिर छ । त्यो विषयमा सत्यतथ्य के हो ? माननीय अर्थमन्त्रीजीले यसको जवाफ दिनैपर्छ । यो अहिले बहसको विषय पनि भएको छ । हिजो माननीयजीहरुले यो कुरा उठाउनुनै भएको छ ।’

प्रमुख सचेतक यादवले आफ्नो पार्टीले सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने समेत बताए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *