पश्चिम नवलपरासीको प्रतापपुरमा दम्पतीको हत्या

काठमाडौँ । पश्चिम नवलपरासीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको प्रतापपुर गाउँपालिका–८ मजुवाका ५० वर्षीय तिलकराज भेडियार र उनकी श्रीमती निर्मला भेडियार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

धारिलो हतियार प्रयोग गरी दुई दम्पतीको हत्या भएको अवस्थामा उनीहरुले भैंसीपालन गर्दै आएको गोठ नजिकै शव फला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे तालिम प्राप्त कुकुरको सहयोगमा दाषी पहिचान गर्ने गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *