बोल मायाको दोस्रो भाग ‘दमाई महाराज’ ल्याउँदै प्रकाश सपुत

काठमाडौँ । गायक प्रकाश सपुतले ‘गल्बन्दी’ र ‘बोल माया’ अर्को भागका रूपमा ‘दमाई महाराज’ ल्याउने भएका छन् । आइतबार उनले सामाजिक सञ्जालबाट आफ्नो नयाँ सिर्जनाबारे जानकारी दिएका हुन् ।

‘भनेको थिएँ नि- यो साल २०८० मा मैले ‘जातीय विभेदविरुद्धको वर्ष’को रूपमा आफ्ना सिर्जनाहरू ल्याउने छु । यसको सुरुवातस्वरूप नयाँ सिर्जनाको टाइटल जुरेको छ- दमाई महाराज ! मेरो करियरका दुई कोसेढुङ्गा गल्बन्दी र बोल माया कै अर्को भाग हो- दमाई महाराज,’ उनले भनेका छन् । ‘गल्बन्दी’ र ‘बोल माया’ प्रकाशका निकै चर्चित सिर्जना हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *