तपाइँले भारतबाट ल्याएको १५ वटा राँगा मात्रै हो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणडको भारत भ्रमण उपलब्धिहीन भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे आफ्ना धारणा राख्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्रीको भ्रमणले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र आत्मसम्मानमा समेत ठेस पुर्याएको बताए ।

उनले भारतीय भूमिका पुगेर आफ्ना भूमिसँग भारतीय बाटो साट्ने कुरा नेपाली पत्रकारलाई गर्नु नै प्रधानमन्त्रीको ऐतिहासिक भुल भएको बताए । उनले प्रधानमन्त्रीले नेपालका तर्फबाट भारतले चाहेका ठोस कुराहरु सजिलै दिएको तर लिनुपर्ने र उठाउनुपर्ने आफ्ना विषयहरुमा गम्भीरताका साथ कुरा राख्न नसकेको बताए ।

‘तपाइँले भारतबाट ल्याउनु भएको भनेको १५ वटा राँगा मात्रै हुन्,’ उनले भने, ‘सुनाउनु भएका अन्य फेहरिस्त पहिले भएका काम हुन् । तपाइँले पाउनु भएको भारतको आश्वासन मात्रै हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *