धर्म परिवर्तनको निमित्त जबरजस्ती गर्नु हुँदैन : मन्त्री आचार्य


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले जबरजस्ती धर्म परिवर्तन गर्न नहुने बताए ।
सोमबार ललितपुरमा आयोजित लोकतन्त्रमा मानव अधिकार र धर्म तथा आस्थाको स्वतन्त्रता कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले सबैले आफ्नो आस्थालाई राख्ने धार्मिक स्वतन्त्रताको लागि राज्य सधैँ गम्भीर रहेको बताए । उनले नेपालमा धार्मिक स्वतन्त्रता भएपनि कसैलाई धर्म परिवर्तनको निमित्त जबरजस्ती गर्न नमिल्ने बताए । उनले स्वेच्छाले जुनसुकै धर्म मान्न पाइने संवैधानिक व्यवस्था भए पनि जबरजस्ती गर्न नहुने बताए ।
‘राज्यको कुनै धर्म हुँदैन । सबैले आफ्नो आस्थालाई राख्ने धार्मिक स्वतन्त्रताको लागि राज्य सधैँ गम्भीर छ,’ उनले भने, ‘नेपालमा धार्मिक स्वतन्त्रता छ तर कसैलाई धर्म परिवर्तनको निमित्त जबरजस्तीभन्दा पनि स्वेच्छाले जे पनि धर्म मान्न पाइने संवैधानिक व्यवस्था छ, त्यस अनुसार विचार गर्नुपर्छ ।’
मन्त्री आचार्यले राज्यको कुनै धर्म नहुने बताए ।
