मृत विधेयक ब्युँताउन सक्छन् भने प्रचण्डले मारिएका १७ हजारलाई ब्युँताइदिऊन् : सांसद भट्टराई

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले मृत विधेयक ब्युँताउन राष्ट्रपतिलाई उक्साएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभा संसदको सोमबारको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । अघिल्लो संसदमा उत्पत्ति भएको र अघिल्लो राष्ट्रपतिकै कार्यकालमा प्रतिनिधि सभामा थन्किएको र मृत भइसकेकोले विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेको भन्दै उनले आपत्ति जनाएको हो ।

‘मृत भइसकेका विधेयक प्रधानमन्त्रीले व्युँताउन सक्छन् भने उनले हिजो मारिएका १७ हजार नागरिकलाई ब्युँताइदिउन्,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपालका उच्च प्राथमिकताका विषयमा कुनै कुरा नै उठान नसकेको भन्दै आलोचना गरे ।

‘सीमा समस्या, पञ्चेश्वर आयोजना, मिचिएका लिपुलेक, कालापानी जस्ता नेपालका भूभाग र भारतका संसदमा राखिएको नेपालको भूभागसहितको नक्साबारे कुरा उठाउँदा परिस्थिति बिग्रिन्छ भने हामीले के कुरा चाहिँ उठाउने ?,’ उनले भने ।

यसबारे प्रधानमन्त्रीले संसदलाई जवाफ दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *